केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिला विश्वकपमा आज तीन खेल, नाइजेरियासँग क्यानडाको बराबरी

सहयात्रा टिभी

काठमाडौं । साउन ५, अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै छन् ।

समूह-बीअन्तर्गत शुक्रबार बिहान भएको खेलमा नाइजेरियाँग क्यानडाले बराबरी खेलेको छ । उपाधिको दाबेदार मध्ये एक टिमका रूपमा हेरिएको क्यानडाले नाइजेरियाँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । समूह बीको खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

सन् २०२० को टोकियो ओलम्पिकको स्वर्ण विजेता क्यानडाले पहिलो विश्वकप बाहेक सबैमा सहभागिता जनाउँदै आएको छ ।

समूह-ए को अर्को खेलमा फिलिपिन्स र स्विटजरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । न्युजिल्यान्डको डुनेडिनमा हुने खेल आजै पौने ११ बजे पछि हुनेछ । फिलिपिन्स, विश्वकपको डेब्यु खेल स्मरणीय बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । २०१५ मा डेब्यु गरेको स्विस टिमको यो केवल दोस्रो विश्वकप हो । चार वर्ष अघि उ छनोटमै असफल भएको थियो ।

आजको तेस्रो खेलमा समूह-सी मा रहेको स्पेनले कोस्टारिकाको सामना गर्नेछ । लामो समय चोटका कारण मैदान बाहिर रहेकी स्पेनिस स्ट्राइकर एलेक्सिया पुटियास टिममा फर्किएकी छन् । २०१५ को डेब्यु विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन चार वर्ष अघि अन्तिम १६ सम्म पुगेको थियो ।

आठ वर्ष पछि विश्वकपमा फर्किएको कोस्टारिका पहिलो पटक नकआउट पुग्ने लक्ष्यमा छ ।

प्रकाशित : 21 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्