रोल्पामा चट्याङ खस्दा एक जना वडा सदस्यको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन ५, चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको जानकारी प्राप्त भएको छ ।

चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 21 July, 2023

प्रतिक्रिया दिनुहोस्