कर्णालीमा तीन जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, गत वैशाख ७ गते नियुक्त भएका कर्णालीका तीन जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मन्त्री नियुक्त भएको ९४ दिनपछि सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

उनीहरू तीनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । सम्पत्ति विवरण अनुसार अर्थमन्त्री सिंह धनी देखिएका छन् ।

 

प्रकाशित : 23 July, 2023

प्रतिक्रिया दिनुहोस्