राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै
सहयात्रा टिभी
काठमाडौँ । साउन ७, नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने जनाएको छ ।
मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीको सामना गर्नुपर्ने छ ।
सुधारका उपलब्धि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि चलायमान हुने केही नीतिसहित मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष निजी क्षेत्रमा लक्ष्यभन्दा बढी र गत वर्ष लक्ष्यभन्दा धेरै कम कर्जा प्रवाह भएको थियो ।
यस वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य १२ देखि १३ प्रतिशत तय गर्ने सम्भावना छ ।