बलिउडमा गर्माएका प्रेमजोडी अनन्या र आदित्यको चर्चा

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, प्रेमजोडी अनन्या पाण्डे र आदित्य रोय कपुरको रोमान्सको चर्चाले यतिबेला बलिउड गर्माएको छ ।

पोर्चुगलको लिस्बनमा दुई साता लामो बिदा मनाएर यो जोडी मुम्बई फर्किएको छ ।

बिदाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुवैले एकअर्कालाई डेट गरिरहेको चर्चा पनि छ ।

यो चर्चाबीच शनिबार साँझ दुवै मुम्बईमा पनि एकसाथ देखिए । यति मात्र होइन, दुवै जना कारमा सँगै बसेका थिए । क्यामेराको नजरमा परेपछि अनन्याले आफ्नो अनुहार लुकाउने प्रयास गरिन् ।

 

 

प्रकाशित : 23 July, 2023

प्रतिक्रिया दिनुहोस्