प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

इटालीको रोममा भइरहेको राष्ट्रसंघीय सम्मेलनको साइडलाइनमा उनले गुटेर्रेस र हसिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालसँग खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले रोममा रहँदा मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 24 July, 2023

प्रतिक्रिया दिनुहोस्