सुनकाण्डको अनुसन्धानमा राजश्वले माग्यो प्रहरीको सहयोग

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।

राजश्व अनुसन्धान विभागले सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले बतायो ।

पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

 

प्रकाशित : 24 July, 2023

प्रतिक्रिया दिनुहोस्