बागलुङको इलाका प्रहरी कार्यालय इन्चार्ज पौडेल होटलमा मृत भेटिए

सहयात्रा टिभी

काठमाडौँ । साउन ९, बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।

घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड-७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।

 

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्