लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

सहयात्रा टिभी

लुम्बिनी । साउन ९, लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज बस्दैछ । सोमबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको मुख्यमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने छन् ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्