सुनको मूल्यमा बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । साउन ९, मंगलबार सुनको मूल्यमा बृद्धि भएको र चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

 

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्