बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

सहयात्रा टिभी

चितवन । साउन ९, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौध किलोमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।

घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए ।

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्