रास्वपाले सुन प्रकरणको विषयमा संसदमा नबोल्ने नीति लिने

काठमाडौँ । साउन १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसँनधान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ ।
प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ ।
तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने । रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ ।