सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजावी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य १४ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : 26 July, 2023

प्रतिक्रिया दिनुहोस्