केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लघुवित्त पीडितले गरे नयाँ बानेश्वरमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन् ।

केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् । सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

 

 

 

 

 

प्रकाशित : 26 July, 2023

प्रतिक्रिया दिनुहोस्