चीनका राष्ट्रपति सीले फेरि वाङ् यी रोजे

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।

आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ ।

६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ । वृद्ध अवस्थामा उनी जति आकर्षक छन् उत्तिकै आक्रामक पनि छन् । अब उनको आक्रामक शैलीका केही दृष्टान्तबारे चर्चा गरौँ ।

वाङ यी गत वर्ष चीनको विदेशमन्त्रीको हैसियतमा एक सम्मेलनका लागि जापान पुगेका थिए । त्यहाँ दक्षिण कोरियाका उनका समकक्षी समेत उपस्थित थिए ।

जापान र दक्षिण कोरियाले साउथ चाइना सी मामिलामा पश्चिमाहरुको समर्थन गरेको प्रति चीन निकै नै रुष्ट थियो । पश्चिमासँग मिलेर आफ्नो विरोध गरिरहेको कुरा चीनलाई चित्त बुझिरहेको थिएन ।

वाङले त्यहाँ समकक्षीहरुलाई भनिदिए, ‘तिमीहरु कपाल रंगाएर जतिसुकै खैरो बनाऊ वा नाक जतिसुकै सिलिक्क पार तिमीहरु युरोपेली, अमेरिकी वा पश्चिमा हुन सक्दैनौँ । आफ्नो अवस्थिति अनुसारको व्यवहार गर नक्कल गरेर कोही पनि पश्चिमा हुँदैन ।

चीनको मामिलामा जसले आलोचना गर्छ त्योसँग वाङ निकै नै चिढिन्छन् । चीनका विषयमा नकरात्मक प्रश्न सोध्दा उनी पत्रकारहरुसँग पनि उत्तिकै कड्किन्छन् । सन् २०१६ मा क्यानडाका पत्रकारले उनलाई चीनको मावनअधिकार खस्किएको सम्बन्धमा प्रश्न गरेका थिए ।

त्यसको जवाफमा वाङले भने, ‘यो प्रश्न चीनप्रति आक्रोश र पूर्वाग्रह राखेर सोधिएको हो । यस्ता कुरा कहाँबाट आए मैले जान्ने कुरा भएन तर यो प्रश्न स्वीकार्य भने छैन ।’

वाङ् सीका विश्वासपात्र हुन् । विदेशमन्त्रीका रुपमा सबैभन्दा लामो कार्यकाल बिताउनेमा उनी तेस्रा व्यक्ति हुन् । इरान र साउदीको सम्बन्ध सुधारको सेतुको काम उनैले गरेका थिए ।

प्रकाशित : 26 July, 2023

प्रतिक्रिया दिनुहोस्