केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेष्टट्युब बेबी प्रविधिबाट हालसम्म जन्मिए १ करोड २० लाख बच्चा

सहयात्रा टिभी

एउटा चमत्कार सन् १९७८ को जुलाई २५ मा बेलायतमा भएको थियो । जहाँ विज्ञानको सहयोगबाट पहिलो टेष्टट्युब बच्चाको जन्मा भएको थियो ।

वास्तवमा विकासको क्रममा जबजब मानिसको सामु चुनौतीहरु आए तब मानिसले आफ्नो बुद्धि तथा सिपको प्रयोग गरेर यस्तो खालको समाधान निकाल्दै गएको छ जसले पूरै समाज वा मानवजातिलाई एक नयाँ दिशा प्राप्त हुने गरेको छ ।

मानिसको यो जटिल यात्रालाई सहज बनाउनमा विज्ञानको ठूलो भूमिका रहेको छ ।

विज्ञानले मानिसको अगाडि आउने चुनौतीहरुको समाधान गरेर पूरै मानवजातिको उज्ज्वल भविष्यमा ठूलो योगदान दिएको छ । टेष्टट्युब प्रविधि चिकित्सा विज्ञानको एउटा यस्तै बरदान सावित भएको छ मानिसका लागि ।

बेलायतको ओल्डह्याम सहरस्थित एक सरकारी अस्पतालमा विश्वको पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो ।

चिकित्सा विज्ञानको उक्त सफलताले त्यस समयमा प्रजननको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदियो । चिकित्सा विज्ञानको उक्त क्रान्तिको सफलतासँगै कैयन् दम्पत्तिहरुले पनि यो प्रणालीको माध्यमबाट सन्तान प्राप्तिको इच्छा जाहेर गरेका थिए ।

उक्त पहिलो टेष्टट्युब बेबीको नाम लुइस ब्राउन राखियो । जन्मको समयमा लुइसको तौल साढे २ किलोग्राम थियो । जन्मपश्चात् लुईसका विभिन्न चेकजाँच गरियो र उक्त बच्चाको सबै शारीरिक अवस्था अन्य प्राकृतिक तवरले जन्मिएका बच्चाको जस्तै भएको पुष्टि भयो ।

क्याम्ब्रिज विश्वविद्यालयका डाक्टर रोबर्ट एडबर्डस्लाई नै टेष्टट्युब प्रविधिको जनक मानिन्छ । उनले नै एक निसन्तान दम्पत्तिको कोख भरिदिएका थिए दुनियाँमै पहिलोपटक टेष्टट्युब प्रविधिमार्फत् बच्चाको जन्म गराउन सफल भएर । सन् २०१० मा एडबर्डस्ले चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

रोचक त के भने विश्वको पहिलो टेष्टट्युब प्रविधिबाट जन्मिएकी लुइस ब्राउनले सन् २००६ मा प्राकृतिक रुपमै गर्भधारण गरी बच्चा जन्माइसकेकी छन् ।

आईभीएफको अर्थ इनभिट्रो फर्टिलाइजेसन हो । जो दम्पत्तिको प्राकृतिक रुपमा गर्भधारण हुन सक्दैन यो प्रविधिले उनीहरुलाई कृत्रिम रुपमा गर्धाधारण गराएर सन्तानसुख प्रदान गर्न सहयोग गर्दछ ।

आईभीएफ प्रक्रियामा शुक्रकिट र डिम्बको मिश्रण हुन्छ । यसमा महिलाको शरीरमा हुने निषेचन प्रक्रिया अर्थात् महिलाको डिम्बसँग पुरुषको शुक्रकिटको मिलन हुने प्रक्रियालाई प्रयोगशालामा एउटा टेष्टट्युबभित्र सम्पन्न गराइन्छ । त्यसपछि उक्त भ्रुणलाई महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ ।

एक रिपोर्ट अनुसार हालसम्म विश्वमा कम्तिमा एक करोड २० लाख बच्चाको टेष्टट्युब प्रविधिबाट जन्म भैसकेको छ ।

विश्वमा टेष्टट्युब प्रविधिबाट पहिलो बच्चा जन्मिएको २७ वर्षपछि अर्थात् सन् २००५ को मार्च ३ मा पहिलो टेष्टट्युब बच्चाको जन्म भएको थियो ।

नेपालमा टेष्टट्युब प्रविधि भित्राउने चर्चित नाम डाक्टर भोला रिजाल हो । नेपालको पहिलो टेष्टट्युब बेबीको नाम ओममणी तामाङ हो ।

डाक्टर रिजाल नेतृत्वको टोलीको सफल आईभीएफ उपचारमार्फत् ओम अस्पतालमा वि।सं २०६१ सालमा राजेन्द्र तामाङ र सन्ध्या तामाङ दम्पत्तिबाट ओममणी तामाङको जन्म भएको हो ।

हालसम्म यो प्रविधिबाट नेपालमा कति बच्चा जन्मिए भन्ने एकीकृत तथा भरपर्दो तथ्यांकको भने अभाव छ ।

एजेन्सीको सहयोगमा

 

प्रकाशित : 26 July, 2023

प्रतिक्रिया दिनुहोस्