=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


महोत्तरीमा दिउँसै बैंक लुट्ने गिरोहका एक जना पक्राउ

सहयात्रा टिभी

जनकपुरधाम । साउन ११, महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा लुटेराहरुको खोजबिन गरिरहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाट घटनामा लुटेराहरुमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।

प्रकाशित : 27 July, 2023

प्रतिक्रिया दिनुहोस्