केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरुष फुटबल टिमको प्रशिक्षणमा तीन नयाँ खेलाडी थपिए

सहयात्रा टिभी

काठमाडौं । साउन १२, विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् ।

प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाल र जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका हुन् । उनीहरुसहित टिममा ३३ जना खेलाडी भएका छन् ।

एन्फाका अनुसार दुई क्लबका खेलाडीहरु क्लबको प्रतियोगिता सकेर पुन राष्ट्रिय टिममा सामेल हुनेछन् ।

फिफा विश्वकप छनोटको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवेको अवधारणा अनुसार छनोटको पहिलो लेग अक्टोबर १२ मा नेपालमा र १७ अक्टोबरमा लाओसमा खेलिनेछ ।

लाओससँगको खेल जितेमा नेपाल यूएई, बहराइन, यमन वा श्रीलंका सम्मिलित समूह एचमा रहने छ । यो समूहको खेल पनि होम एण्ड अवे प्रणालीमै हुने छ ।

 

प्रकाशित : 28 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्