मुग्लिन-नारायणगढ सडक अवरुद्ध

सहयात्रा टिभी

चितवन । साउन १४, पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिक आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार तयारी अवस्थामा रहेको डोजरलगायत मेसिन पहिरो झरेको स्थानतर्फ पठाइएको छ । पहिरो धेरै ठूलो नभएकोले पन्छाउन केही समय लाग्ने कार्यालयले बताएको छ ।

प्रकाशित : 30 July, 2023

प्रतिक्रिया दिनुहोस्