कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि गरे दाबी

सहयात्रा टिभी

काठमाडौं । साउन १४, सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको जनाएको छ ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले पनि दाबी गरेका छन् । तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्नसक्ने संकेत उनले गरेको बैठकमा सहभागी एक नेताले बताए ।

 

प्रकाशित : 30 July, 2023

प्रतिक्रिया दिनुहोस्