धरानमा २ हजार ३ सय जनामा डेङ्गु, ८ जनाको मृत्यु

काठमाडौं । साउन १४, प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
२ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।
यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ । संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुका लागि छुट्टै वार्ड सञ्चालन गरिएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।