शिक्षामा आमूल परिवर्तन गर्न राज्यले जिम्मा लिनुपर्छ : उपेन्द्र यादव

सहयात्रा टिभी

काठमाडौं । साउन १४, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सबैभन्दा बढी ध्वस्त शिक्षा क्षेत्र भएकाले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनले शिक्षा क्षेत्र विकासको प्रमुख आधार हुने भएपनि त्यो क्षेत्र नै ध्वस्त भएपछि मुलुकको हालत कस्तो होला भनेर अनुमान गर्न सकिने बताए ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले ललितपुरमा आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले त्रिभुवन युनिभर्सिटीदेखि सरकारले चलाएका क्याम्पस र विद्यालय हालत हेरे नै सबै कुरा प्रस्ट हुने बताए ।

साथै उनले शिक्षामा आमूल परिवर्तन र सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने पनि बताए ।

उनले शिक्षा अधिकार र मानव विकासको आधार भएको भन्दै त्यसको दायित्व राज्यले लिन जरुरी रहेको बताउँदै समाजवादका लागि सवैका लागि गुणस्तरीय शिक्षा हुनुपर्ने बताए ।

उनले राम्रो शिक्षा भएका कारण ध्वस्त भएको जापान संसारको विकसित मुलुक बन्न पुगेको तथा सिंगापुरको पनि उस्तै इतिहास रहेको भन्दै शिक्षाविना मुलुकको विकास र सम्मृद्धिको कल्पना गर्न नसकिने बताए ।

साथै उनले सबैले शिक्षा र रोजगार पाएपछि मात्रै समाजवादको आधार तयार हुने बताए । विकृत पुँजीवादलाई समातेर दलहरु गौरवका साथ अघि बढिरहेको भन्दै दलहरुले व्यवहारमा नीति नै परिवर्तन गर्नुपर्ने यादवको भनाइ छ ।

 

प्रकाशित : 30 July, 2023

प्रतिक्रिया दिनुहोस्