‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै मेयर बालेन विरुद्ध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । साउन १४, काठमाडौँ महानगरको ज्यादती अन्त्य गर्नुपर्ने र सबै पेसा व्यवसाय र मानिसहरूलाई समान व्यवहारको माग गर्दै महानगरपालिकाको कार्यालय  अगाडी मेयर बालेन विरुद्ध प्रदर्शन  गरिएको छ ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ आफूलाई स्वतन्त्र समूहको रूपमा चिनाउँदै आएका समूहले मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेको हो ।

लामबद्ध भएर उनीहरूले महानगरले ठेला र फुटपाथ व्यापारी माथि गर्दै आएको ज्यादती अन्त्य गर्न र उचित विकल्प दिन माग गरेका छन् । यसअघि उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 30 July, 2023

प्रतिक्रिया दिनुहोस्