केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरुष भलिबल टिमको एसियन गेम्स पाँचौ पटकको तयारीमा

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नेपाली पुरुष राष्ट्रिय भलिबल टिम लगातार दोस्रो र समग्रमा पाँचौ पटक एसियन गेम्स खेल्ने तयारीमा छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने १९औं एसियन गेम्सका लागि मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोली प्रशिक्षणमा व्यस्त छ ।

व्यक्तिगत खेलमा समेत पदक जित्न कठिन भइरहेको एसियन गेम्समा सामूहिक खेलको सहभागिता नै ठूलो विषय हो ।

यस्तोमा यो पटक नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलमा महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् । एसियाका बलिया राष्ट्रहरुसँग खेल्दै अन्तर्राष्ट्रिय अनुभव लिने नेपालको योजना छ ।

 

 

प्रकाशित : 30 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्