केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिला विश्वकप फुटबलमा जापानले स्पेनलाई हराउँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन १५, फिफा महिला विश्वकप फुटबलमा स्पेनलाई हराउँदै जापान समूह सी को विजेता बनेको छ ।

आज सोमवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा जापानले स्पेनले ४–० को फराकिलो अन्तरले हरायो ।

जापानका लागि हिनाता मियावाजाले २ तथा रिको युकी र मिना तनाकाले १/१ गोल गरिन् ।

समूह विजेता बन्दै जापानले ३ खेलमा ९ अङ्क जोडेको छ भने उपविजेता बनेको स्पेनको उति नै खेलमा ६ अङ्क छ । अब जापानले क्वाटरफाइनलमा समूह ए को उपविजेता नर्वे र स्पेनले समूह ए को विजेता स्विट्जरल्यान्डसँग खेलेको छ ।

 

प्रकाशित : 31 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्