ओलीद्धारा अरस्तुको कथा मार्फत सबै नेता नबिग्रिएको भनाई

सहयात्रा टिभी

काठमाडौँ । साउन १५, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा अरस्तुको कथा मार्फत सबै नेता नबिग्रिएको भनाई व्यक्त गरेका छन् ।

नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले सबै नेता नबिग्रिएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताए ।

‘राजनीतिमा यस्तो त भइहाल्छ नि , भन्ने चलन छ आजभोलि । नहुनुपर्ने कुरा राजनीतिमा पनि हुनुहुँदैन’, ओलीले भने, ‘अपवित्र पनि पवित्र हुने राजनीतिमा हुँदैन ।’ उनले सबै नीतिहरुको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुने बताए ।

अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताए । अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उनले अरस्तुको कथा सुनाए ।

अरस्तुको दुईवटा श्रीमती रहेछन्, एउटी जेठी, अर्की कान्छी श्रीमती । २१ वर्षदेखि ३१ वर्षमा मात्रै बुद्धि बंगारो पलाउँछ । तर बुढाले कान्छी श्रीमती २० वर्षकी ल्याएछन् । अरस्तु जेमा पनि जिज्ञासा राख्ने, जेमा पनि बुझ्न खोज्ने ।

आफ्ना दाँत छामे के गरे ऐनामा हेरेर गनेहोलान् ३२ वटा छन् । महिलाका दाँत कतिवटा हुन्छन् भनेर उनलाई गन्न र हेर्न मन लाग्यो । अनि ए कान्छी यहाँ आउत भनेर दाँत गने २८ वटामात्र छन् ।

अनि बुढाले लेखिहाले महिलाका दाँत २८ वटा भनेर । २१ वर्षपछिमात्र बुद्धि बंगारो पलाउँछ भन्ने याद नराख्दा वा जेठी श्रीमती पनि बोलाएर दाँत नगन्दा नेता सप्रिएनन् भनेजस्तो हुन्छ क्या , बिग्रेकै छैनन् नि कतिपय नेता त ।

त्यसकारण म सर्जक साथिहरुलाई के आग्रह गर्न चाहन्छु भने कान्छी श्रीमतीमात्रै बोलाएर उनको मात्रै दाँत गनेर महिलाका दाँत २८ वटा हुन्छन् भनेर नलेख्नु ।

अरस्तुले जेठीको दाँत नगन्दा यर्थाथ आएन । कतिपय नेता बिग्रिए भन्नुपर्‍यो । बिग्रनेहरूले अरुपनि म जस्तै हुन् भनेर कराए होला तर सबै नेता बिग्रिएका होइनन् ।

 

प्रकाशित : 31 July, 2023

प्रतिक्रिया दिनुहोस्