केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा महिला फुटबलको अन्तिम १६ मा पुग्दै अमेरिका र नेदरल्यान्ड्स

सहयात्रा टिभी

काठमाडौँ । साउन १६, अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २ तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १ गोल गरिन् । नेदरल्यान्ड्स ७ अङ्कका साथ समूह’ई’को शीर्ष स्थानमा रहन सफल भयो । भियतनाम कुनै पनि खेल जित्न नसकी प्रतियोगिताबाट बाहिरियो ।

आजै यसै समूहको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ ।

प्रकाशित : 1 August, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्