‘कार्साङ’मा दयाहाङको जोडी बन्दै सुरक्षा पन्त

सहयात्रा टिभी

काठमाडौँ । साउन १६, दयाहाङ राईको आगामी फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त पनि जोडिएकी छन् । फिल्ममा दयाहाङसँग सुरक्षाले अनस्क्रिन रोमान्स गर्ने भएकी हुन् ।

फिल्ममा यसअघि दयाहाङसहित बुद्धि तामाङ र डान्सिङ स्टार्स नेपाल फेम्ड डान्सर छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् । फिल्मको अर्को एक प्रमुख नायिकाका लागि अन्य दुई अभिनेत्रीसँग छलफल चलिरहेको जनाइएको छ । अरु बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने भएको छ ।

शेर्पा समुदायको कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा कलाकारको लाइनअप बलियो देखिएको छ । यम शेर्पाको निर्देशकीय डेब्यु फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । शेर्पाले यसअघि छोटा फिल्मको निर्देशन गरेका छन् ।

तिहारलगतै छायांकन गरिने यो फिल्मलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने भएको छ ।

 

प्रकाशित : 1 August, 2023

प्रतिक्रिया दिनुहोस्