केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा महिला विश्वकपमा आज चार खेल हुने

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, फिफा महिला विश्वकप फुटबल २०२३ मा आज चार खेल हुँदैछन् ।

आज समूह ‘डी’ मा रहेका अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछन् ।

यस्तै, समूह ‘एफ’ अन्तर्गत अपराह्न पौने चार पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्ने छन् । यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् ।

३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ देश नकआउट चरणमा पुग्नेछन् ।

प्रकाशित : 2 August, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्