सोलुखुम्बुमा ज्यान गुमाउने विदेशी पर्यटक २३ जना पुगे

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, सोलुखुम्बुमा यस वर्ष मात्र ज्यान गुमाउने विदेशी पर्यटकको संख्या २३ जना पुगेको छ । तीन जना अझै बेपत्ता भएका छन् ।

 

आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुईर/दुई जना रहेका छन् ।

त्यस्तै बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक/एक जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका पाँच जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्