आज सुनको भाउ घट्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्