केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा महिला विश्वकपमा आज समूह ‘एच’ का दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । साउन १८, फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छन् ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरण (अन्तिम १६) मा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने हुन्छ । ३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह समूह छन् । विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

प्रकाशित : 3 August, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्