केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामसुङले ल्यायो १ करोड ८२ लाखको एलइडी टिभी

सहयात्रा टिभी

काठमाडौँ । साउन १८,  दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एउटा यस्तो टेलिभिजन बजारमा ल्याएको छ जसको मूल्य नै १ करोड ८२ लाख रुपैयाँ पर्दछ ।

सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।

यो टेलिभिजन केवल भिमकाय साइजका कारणमात्रै त्यति महँगो भएको होइन । यसमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् ।

आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।

यो टेलिभिजनमा २४.८ मिलियन माइक्रोमिटर आकारका ultra small  एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।

यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।

 

प्रकाशित : 3 August, 2023

प्रतिक्रिया दिनुहोस्