सर्वोच्च शिखर सगरमाथामा आरोहीको लास अलपत्र

काठमाडौं । साउन १९, कानुन कार्यान्वयनमा सरकारी उदासीनता, प्रतिकूल भूगोल र मौसम, उद्धारमा कठिनाइ अनि लास ल्याउन चाहिने खर्च कसले व्यहोर्ने भन्ने विवाद जस्ता कारणले सर्वोच्च शिखर सगरमाथामा आरोहीको लास अलपत्र छाड्ने प्रवृत्ति बढ्दो छ ।
पर्वतारोहण नियमावली २०५९ मा ‘डेथ सर्टिफिकेट’ जारी गर्नुअघि आधारशिविरदेखि तलको भागमा लगेर मृतकको लास व्यवस्थापन गर्नैपर्ने कानुनी प्रावधान छ ।
आरोहण कम्पनी इम्याजिन नेपालका अनुसार, रेडियो डिटेक्टरको सहायताले सम्भावित स्थानको पहिचान त गरिएको थियो तर पटक–पटक हेलिकोप्टर लिएर शव निकाल्न प्रयास गर्दा पनि प्रयास सफल हुन सकेन ।
उद्धारकर्ताहरू नै घाइते भएपछि ती तीन जनाको शव खोज्ने काम रोकियो । ती शव अहिले पनि आइसफलको हिउँमुनि पुरिएका छन् ।
नियमावलीमा यदि मृत्यु भई मृत शरीरको अवस्था यकिन नभएमा पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोहण दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न अन्य व्यक्तिले सोही व्यहोराको प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ ।
यही प्रावधानमा टेकेर केही साना कम्पनीले शव निकै उचाइमा वा अप्ठ्यारो स्थानमा छ र ल्याउन कठिन भएको अवस्था छ भने ‘मिसिङ’ भनेर रिपोर्ट गरिदिने गरेको पर्यटन विभागका कर्मचारी बताउँछन् ।
आरोहीको मृत्युपछि लास हिमालमै छाड्ने, मृतकका परिवारले बीमा रकम बुझेर लैजाने प्रवृत्ति बढ्दै गए हिमालमा लासको थुप्रो लाग्ने चिन्ता छ ।त्यस तर्फ सम्बन्धित निकायले चनाखो भई लागु परे त्यो क्रममा कमि आउनेथ्यो की विचारौं।