माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी

सहयात्रा टिभी

काठमाडौँ । साउन २०, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवार सुरु भएको बैठकमा शुक्रबारसम्म १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल केन्द्रित रहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।

प्रकाशित : 5 August, 2023

प्रतिक्रिया दिनुहोस्