केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

सहयात्रा टिभी

काठमाडौँ । साउन २१, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पाँचौँ दिन पनि जारी रहने छ ।

गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताले धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादीले जनाएको छ ।

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्