अभियानबारे प्रचण्ड : म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु

सहयात्रा टिभी

काठमाडौं । साउन २१, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।

‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’

६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्