नेप्सेमा १.८३ प्रतिशतको गिरावट

सहयात्रा टिभी

काठमाडौं । साउन २१,  साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा घटेको छ । यो १.८३ प्रतिशतको गिरावट हो ।

आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप सेयर बजारमा उच्च गिरावट आएको छ ।

आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।

आइतबार वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत रिपोर्ट आएको छ । रिपोर्ट अनुसार आधा दर्जन बैंकले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था देखिएको छ ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्