रास्वपाले दस्तावेज तयार गर्न ५१ ठाउँमा सुझाव संकलन गर्ने

सहयात्रा टिभी

काठमाडौं । साउन २१, राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव संकलन गर्ने भएको छ ।

हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरि नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव संकलन गरिने भएको छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव संकलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव संकलन गरिने निक्र्यौल भने भइसकेको छैन ।

महामन्त्री मुकुल ढकालका अनुुसार भौगोलक र समुदाय फरक पर्ने गरि ५१ स्थानबाट सुझाव संकलन गरिने भएको छ । सुझाव संकलनका क्रममा स्थानीयबासिन्दासँग अन्तक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्