फिल्म ‘क्यामिनो’मा प्रदीपसँग आना शर्मा पनि

सहयात्रा टिभी

काठमाडौं । साउन २१, प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् ।

निर्देशक दीपक वलीले अभिनेत्री शर्मासँग फिल्मबारे मौखिक सहमति भएको र केही दिनमा लिखित सम्झौता हुने जानकारी दिए ।

यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति जुटेको निर्देशक वलीले बताए ।

आनाले अब यो फिल्ममा प्रदीपको अपोजिटमा अभिनय गर्नेछिन् । यसबाहेक फिल्ममा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन् ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्