मनोज र शैलेन्द्रको गाईजात्रा कार्यक्रम भदौ १३ देखि

सहयात्रा टिभी

काठमाडौं । साउन २२, मनोज गजुरेल, शैलेन्द्र सिंखडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्ने भएका छन् ।

‘२०८० सालको गाईजात्रा’ नाममा ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्दैछ ।

गजुरेल र सिंखडाका साथै टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारी भवानि प्रसाद खतिवडा( लिम्बु गाउको बाउन ) लगायत कलाकारहरुको भुमिकाले दर्शक हँसाउनेछन् ।
ब्राण्डवर्थले विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा पनि गाईजात्रा कार्यक्रम गर्ने जनाइएको छ । कोरोना महामारीका दुई वर्ष डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेकोमा यस पटक रंगमञ्सँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।

 

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्