कैलालीको गोदावरीमा बाढीमा फसेका ६ जनाको उद्धार

सहयात्रा टिभी

धनगढी । साउन २३, कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् ।

अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए । उनीहरु नदी किनार क्षेत्रमै बस्दै आएका थिए । उद्धार कार्यमा कार्कीको नेतृत्वको ११ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

प्रकाशित : 8 August, 2023

प्रतिक्रिया दिनुहोस्