युरोपेली संघकी राजदूत डेप्रेज र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
सहयात्रा टिभी
काठमाडौँ । साउन २३, नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेकी हुन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल र र्इयूबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।


