रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते

काठमाडौँ । साउन २३, रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।
रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका- ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले जानकारी दिए । उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।