स्पेनले समुद्री तटलाई बचाउन ड्रोन तैनाथ गर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, स्पेनले समुद्री तटलाई जलवायु परिवर्तनको असरबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको जनाएको छ ।

स्पेनका समुद्री तट विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्य हुन् । यी समुद्री तटबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ ।

स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतका लागि, हाई रिजोलुशनु क्षमता भएका क्यामेरा र मल्टिस्पेक्ट्रल सेन्सरु जडान गरिएका ड्रोन उडाउन थालेको हो ।

यी ड्रोनले बालुवाको मात्रा अनुगमन गर्न, तथ्याङ्क सङ्कलन गर्न र समुद्री तटलाई पुनर्जीवित गर्ने उपायहरू ट्र्याकु गर्न सूचना सङ्कलन गर्छन ।

स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको क्यालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूका लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।

स्थानीय टिब्बा प्रणालीलाई पुनः उत्पन्न गर्न र सहरको चार दशमलव दुई किलोमिटर समुद्र तटलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनको प्रयोग भइरहेको हो ।

 

 

प्रकाशित : 8 August, 2023

प्रतिक्रिया दिनुहोस्