दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौँ । साउन २३, नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
आज मङ्गलवार बिहान ५ बजेर २० मिनेटमा खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ बजेर २० मिनेटदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–६ को कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ रोकिएको थियो । बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।