तामाकोशीमा माछा मार्न गएका एक युवक पहिरोमा पुरिए

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिएका छन् ।

साँझ ६ बजेतिर माछा मार्न गएका बिगु-२ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेस कुमार यादवका अनुसार पहिरोमा पुरिएका तामाङको खुट्टा देखिएको छ र पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।

तिरिस तामाङ अरु तीन जना साथीसँग माछा मार्न भनेर साँझ ६ बजेतिर तामाकोशी किनारमा गएका थिए । बिगु-२ को टुकु भन्ने स्थानमा एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए । उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी यादवले जानकारी दिए ।

 

 

प्रकाशित : 9 August, 2023

प्रतिक्रिया दिनुहोस्