मोदी सरकारले भारत माताको हत्या गरेको राहुल गान्धीको आरोप
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, भारतमा कांग्रेस आईका सांसद राहुल गान्धीले मणिपुरमा मोदी सरकारले भारत माताको हत्या गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि लोकसभामा बुधबार दोस्रो दिन भएको छलफलमा भाग लिँदै राहुलले आफ्नो भारत जोडो यात्राको चर्चा गरे ।
कन्याकुमारीदेखि कश्मीरसम्मको यात्राका क्रममा दैनिक २५ किलोमिटर हिँड्छु भन्ने आफ्नो अहंकार दुईतीन दिनमा चुर भएको उनले सुनाए । अघि भने, ‘भारत हरेक अहंकारलाई नाश गर्छ ।’
केही दिनअघि आफू मणिपुर गएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे । मोदी अहिलेसम्म नगएको भन्दै उनले भने, ‘किनकी तपाईँका लागि मणिपुर हिन्दुस्तान होइन । मणिपुरलाई तपाईँले दुई भागमा बाँडिदिनुभयो ।’