छाउपडी कुडीमा बसेका बेला एक किशोरीको सर्पको टोकाइबाट मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, बैतडी–   महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ।

जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारी हुँदा छाउपडी कुडीमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको जानकारी दिए। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन्। पञ्चेश्वर–४ का कर्मचारी चन्दका अनुसार पहिलेको तुलनामा महिनावारी भएको बेला गोठमा सुत्ने ‘प्रथा’ छाउपडी प्रथा अहिले कम भएको छ। तर केही परिवारका महिला भने देवी–देउताको डरले अहिले पनि महिनावारी हुँदा गोठमै सुत्ने गरेका छन्।

महिनावीरीका बेला गोठमा सुतेका कारण सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको घटनाबारे भने प्रहरीले अनविज्ञता प्रकट गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले अनिताको मृत्युबारे प्रहरीलाई जानकारी नभएको बताए।

 

प्रकाशित : 9 August, 2023

प्रतिक्रिया दिनुहोस्