नेप्सेमा दोहोरो अंकको बृद्धि
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, लगातार घटेको सेयर बजारको ओरालो यात्रा एक्कासी रोकिएको छ ।
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बृद्धि भएको छ । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो ।
बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।